सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

कोशी, गण्डकी र कर्णालीमा बर्षा, लुम्बिनीमा हावाहुरी

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ०६:४८