सूचनाको शक्ति - The Power Of Information

        

टाेपबहादुर रायमाझीकाे घरमा प्रहरीकाे छापा

प्रहरीले नेकपा एमालेका सचिव एवम् सांसद टोपबहादुर रायमाझीको घरमा छापा मारेकाे छ ।

मङ्गलवार खुमलटार हाइटमा रहेकाे रायमाझीको घरमा प्रहरीले छापा मारेकाे हाे । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उहाँ पक्राउ पर्नुभएको छैन । तर आज भने प्रहरीको टोलीले उहाँको घरमा छापा मारेको हो । रायमाझीको घरमा उहाँको गाडी भेटिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १९:४४