सूचनाको शक्ति - The Power Of Information

        

भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, दर्जनौं घाइते

भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ ।

केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार राति पर्यटक डुंगा पल्टिएको हो । मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् । दर्जन बढीलाई जिवित्तै उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

छुट्टी मनाउन गएकाहरु बोकेको डुंगा दुर्घटना भएको र डुंगामा ४० जना भन्दा बढी रहेको जनाइएकाे छ । आइतबार रातभर खोजतलास तथा उद्धार कार्य जारी राखिएको थियो । अहिले पनि खोजतलास जारी रहेकाले क्षतिको यकिन विवरण आइनसकेको केरला सरकारले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ०७:५५