सूचनाको शक्ति - The Power Of Information

        

गगन थापाको चेतावनी– अब त अति भयो…

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सीमा रहेको भन्दै अब अति भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन् ।

“कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरु मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरुँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ, त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ साथीहरुलाई सम्झाएँ तर अब त अति भयो !,” उनले भनेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार १९:५०