जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट भण्डारी लाल अहिरलाई लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनाउने भएको छ।
जसपा लुम्बिनी प्रदेश कमिटीको बैठकले सर्बसम्मत अहिरलाई मन्त्री बनाउने निर्णय गरेको प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिएका छन् ।
भर्खरै नवगठित सरकारमा जसपाको पनि समर्थन रहेको हुँदा यसअघि पनि नेकपा एमालेका लिला गिरी नेतृत्वको लुम्बिनी सरकारमा छोटो समय मन्त्री बन्दै पार्टीको निर्देशन अनुसार राजिनामा दिएका बाँके २ ‘क’ बाट निर्वाचित अहिरलाई पुनः पार्टीले मन्त्री बनाउने निर्णय गरेको अध्यक्ष यादवले बताए।
अहिरलाई मन्त्री बनाउने निर्णय भइसकेपनि जसपाले कुन मन्त्रालय लिने भन्ने बारेमा टुंगो नलागेको अध्यक्ष यादवले भने।
लुम्बिनी प्रदेश सभामा जसपाका ३ जना सांसद छन् ।
सत्यपाटी संवाददाता । बाँके