सूचनाको शक्ति - The Power Of Information

        

भोलि कोहलपुरमा सार्वजनिक बिदा (सूचनासहित)

कोहलपुर नगरपालिकाले भोलि सार्वजनीक विदा दिएको छ । नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा भोली सार्वजनिक विदा दिइएको हो । नगरपालिकाले आफ्नो स्थापना दिवसमा पहिलो पटक सार्वजनिक विदा दिएको हो ।

स्थापना दिवसको अवसरमा भोलि कोहलपुरस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् सार्वजनिक निकायहरु सार्वजनिक विदा दिने सूचना जारी गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । सार्वजनिक विदा भए पनि नगरपालिकाले दिने आकस्मिक एवम् अत्यावश्यकीय कार्यहरु भने यथावत सुचारु हुनेछन् ।

वि.सं. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि शम्सेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार १७:५७