सूचनाको शक्ति - The Power Of Information

        

तिलकसिंह पेलाको नयाँ गजल सार्वजनिक

गजल गायक तिलकसिंह पेलाको नयाँ गजल ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ ।

शुक्रबार ‘हेर दिन ढल्यो’ नामको गीत तिलकसिंह पेला नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख १ सय ९० ले हेरिसकेका छन् । गीतमा कृष्णसिंह पेलाको शब्द छ । गीतमा संगीत तथा स्वर तिलकसिंहको रहेकाे छ भने संगीत संयोजन रिदम कँणेलले गरेका छन् ।

यस्तै, गीतको रेकर्डिङ राजय गुरुङले गरेका हुन् भने मिश्रण/मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।

यसअघि तिलकसिंहको ‘के लत बस्यो’ बोलको गजल निकै हिट भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार ०८:२४