सूचनाको शक्ति - The Power Of Information

        

संघीय संसद्‌का नवनियुक्त सचिवहरूको शपथ आज

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त सचिवहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका पदमप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा नियुक्त भएका डा. सुरेन्द्र अर्यालले आज शपथ लिने भएका हुन् ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् । आज बिहान १०ः १५ बजे उक्त शपथ हुनेछ ।

राष्ट्रपति कार्यालयले गत बिहीबार दुवै सदनका लागि सचिव नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार ०८:०४