सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ ।

यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम  सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।

त्यसपछि आजलाई पुनः पेसी तोकिएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ ।

सन्दीपविरुद्धको मुद्दाका पीडितले अन्तरिम राहत माग गर्दै पेस गरेको निवेदनको सुनुवाइ गत बिहीबार भएको थियो । सुनुवाइपछि इजलासले आज मुख्य मुद्दाको सुनुवाइ हुने भन्दै सँगै राखी पेस गर्न आदेश दिएको छ ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार ०७:२५