सूचनाको शक्ति - The Power Of Information

        

परराष्ट्रमन्त्री साउद आज राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुँदै

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुँदैछन्।

आज परराष्ट्रमन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए।

उनी उक्त समाराेहका लागि बिहीबार लण्डन आइपुगेका हुन्।

परराष्ट्रमन्त्री साउदले बिहीबारै बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चार्ल्सको स्वागत समारोहमा भाग लिएका थिए।

मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तक्रिया कार्यक्रमसमेत गर्ने रहेको बताइएको छ।

बेलायतमा ७० वर्षपछि पहिलाे पटक राज्याभिषेक हुन लागेकाे हाे। वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लागेकाे छ। यसैलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएकाे छ।

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार ०९:५४