सूचनाको शक्ति - The Power Of Information

        

पाँच वर्षमा सुनको मूल्य दोब्बर

पछिल्लो पाँच वर्षको अवधिमा स्थानीय बजारमा सुनको मूल्य प्रतितोला करिब दोब्बरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को वैशाख महिनामा प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य चालु आर्थिक वर्षको वैशाखमा प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ ।

पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपैयाँ पाँच सय रुपैयाँले बढेको छ । २०७६ मा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार ०९:५१