सूचनाको शक्ति - The Power Of Information

        

पूर्वीकंगोमा बाढीका कारण १ सय ७६ जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वीक्षेत्रमा आएको बाढीमा परेर करिब १ सय ७६ जनाको मृत्यु भएको छ ।

दक्षिणी किभु प्रान्तमा आएको भीषण बाढीले ठूलो मात्रामा जनधनको क्षति भएको बीबीसीले जनाएकाे हाे । तर स्थानीयहरुले भने मृतकका २ सय २७ शव फेला परेको बताएका छन् ।

दक्षिणी किभुका गभर्नर थिओन ग्वाबिडजे कासीले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । बाढीले सर्वसाधारणका घर, अस्पताल र सार्वजनिक भवनलगायत कयौं संरचनामा क्षति पुर्याएको छ ।

वर्षाबाट देशका अन्य भाग पनि प्रभावित भएका छन् । गत महिना उत्तरी किभुमा पहिरोमा परेर १२ जनाको मृत्यु भएको थियाे । कयौं सर्वसाधारण बेपत्ता भएका थिए ।

गत डिसेम्बरमा पनि भारी वर्षाका कारण १ सय ६९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१४ मा पनि कंगोमा बाढीका कारण १ सय ३० जनाको मृत्यु भएको थियो ।

त्यस क्रममा ७ सय भन्दा बढी घर तथा भौतिक संरचनमा क्षति पुगेको थियो । कंगोमा लामो समयदेखि विभिन्न सशस्त्र समूहको हिंसाका कारण मानवीय संकट आएको छ ।

संयुक्त राष्ट्रसंघले हालै गरेको गणना अनुसार २५ वर्ष भन्दा लामो समयदेखि यो क्षेत्रमा करिब १ सय २२ विद्रोही समूहले संघर्ष गरिरहेका छन्।साेही क्रममा लाखौं सर्वसाधारण विस्थापित भइसकेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार ०९:१८