सूचनाको शक्ति - The Power Of Information

        

काेराेनाकाे ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकियाे : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको थियाे ।

याे घाेषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमकाे प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएकाे छ । यद्यपि धेरै देशले यसअघि नै काेराेना महामारी सकिएकाे घाेषणा गरिसकेका छन् ।

सन् २०२१ काे जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना काेराेना सङ्क्रमितकाे ज्यान जाने गरेकाेमा याे सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेकाे डब्ल्यूएचओले जनाएकाे छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले काेराेना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसकाे ज्यान गएकाे बताउनुभयाे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार ०९:११