सूचनाको शक्ति - The Power Of Information

        

ओडिआई वरीयतामा पाकिस्तान शीर्ष स्थानमा

घरेलु टोली पाकिस्तानले चौथो खेलमा न्युजिल्यान्डमाथि सानदार जित हात पारेसँगै आईसीसी ओडिआई विश्व वरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार चार जितका साथ पाकिस्तानले भारत र अष्ट्रेलियालाई पछि पार्दै ओडिआई वरियतामा शीर्ष स्थानमा उक्लिएको हो ।

कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन् ।

नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार ०९:०५