सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानमा कुख्यात आतङ्कवादी मोहम्मद इकबाल मारिए

पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा गरेको कारवाहीमा एक जना मोस्ट वान्टेड आतङ्कवादी मारिएका छन् ।

प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् ।

प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर आत्मसमर्पण गर्न आग्रह गरे पनि प्रहरीमाथि गोली प्रहार गरेपछि दोहोरो गोली हानाहानमा उनीहरू मारिएको प्रहरीले जनाएको छ ।

खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तहरूले आतङ्कवाद, लक्षित हत्या र फिरौतीका लागि प्रहरी अधिकारी र सर्वसाधारणको अपहरण सम्बन्धी २६ वटा मुद्दामा अत्यधिक खोजीमा रहेका आतङ्ककारीको खोजीका लागि इनामको घोषणा पनि गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १४:०२