शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ । त्यसमध्ये महत्त्वपूर्ण फलफूलमा पर्छ अनार । अनार जुनैसुकै समयमा पनि पाइने फल हो । यो बच्चादेखि युवा र वृद्धसम्म सबैलाई मनपर्ने फल हो ।
अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । अनारमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, भिटामिन र खनिज लयागतका तत्त्वहरु पाइन्छ । अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्त्वहरु छन् ।
साथै अनारमा भिटामिन ए, सी, ई र अन्य भिटामिन पनि पाइन्छ । अनार मुटुका रोगीका लागि निकै लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा पुग्छ । अनारको सेवन यौन समस्या लगायतका समस्या कम गर्नमा समेत महत्वपूर्ण मानिन्छ ।
अनार खानुका १६ फाइदा
- अनारको सेवनले शरीरमा रगतको मात्रामा कमी हुँदैन ।
- अनारको सेवनले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतराबाट बचाउँछ ।
- दैनिक अनारको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्दि गराउँछ ।
- झाडा पखाला लागेमा ताजा अनारको सेवनले बिरामीलाई चाँडो सहज महसुस हुन्छ ।
- अनारमा भएको पानीको मात्राले मिर्गौलालाई सफा राख्न मद्दत गर्छ ।
- दैनिक रुपमा अनार खाँदा उच्च रक्तचाप हुने समस्या कम हुँदै जान्छ ।
- अनारमा आइरनको मात्रा हुने भएकोले यसले रक्तअल्पताको समस्या कम गर्छ ।
- अनारको सेवनले छाला चम्किलो र आकर्षक हुन्छ ।
- अनारको सेवनले आँखा चम्किलो बनाउँछ ।
- दैनिक रुपमा गर्भवतीले अनारको जुस वा अनार नै सेवन गरे बच्चा र आमा दुवैको स्वस्थ्य राम्रो हुन्छ ।
- पाचन प्रणालीमा हुने समस्यालाई कम गराउन अनारको सेवन लाभदायक मानिन्छ ।
- वृद्धवृद्धाहरुले अनार खाँदा अल्जाइमर अर्थात् बिर्सने रोगबाट बच्न सकिन्छ ।
- अनारले दम, पायल्स लगायतका रोगबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
- अनारको नियमित सेवनले यौनशक्ति बढाउन समेत गद्दत गर्छ ।
- अनार सेवनले शरीरमा भएको खराब कोलेष्ट्रोललाई घटाउन मद्दत गर्छ ।
- अनारको सेवन गरिरहने मानिसमा फोक्सोको क्यान्सर र स्तन क्यानसर हुने सम्भावना हुँदैन ।
सत्यपाटी संवाददाता । काठमाडौं