सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० साल वैशाख २२ गते शुक्रबारको राशिफल

०८० वैशाख २२ गते शुक्रवार, ५ मे २०२३ । वैशाख शुक्लपक्ष पूर्णिमा तिथि । स्वाती नक्षत्र । चन्द्रराशि– तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ र पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने पहिलेका सहयोगीहरू टाढिन सक्छन् । अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । तापनि रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । पहिलेका समस्या सुल्झाउन सफल भइनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । दिगो योजना बन्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । नतिजा कमजोर देखिनाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगनशीलताले मात्र काम बन्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ०६:०७