सूचनाको शक्ति - The Power Of Information

        

सांसद दीपक मनाङे हिरो बन्दै

गण्डकी प्रदेशका सांसद दीपक मनाङे अब हिरो वन्ने भएका छन् ।

फिल्म `बाघ चाल´ मार्फत उनले अभिनयमा डेब्यु गर्न लागेका हुन् । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने भएका छन् ।

फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने निर्देशन सम्राट बस्नेतले गर्नेछन् । यसै फिल्ममा अभिनेता सविन श्रेष्ठ पनि देखिने छ्न्  ।दशैंअघि छायांकन गर्ने तयारी रहेको फिल्मलाई अर्को वर्षको वैशाख १ गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १८:४६