सूचनाको शक्ति - The Power Of Information

        

संसदमा दुई सचिव नियुक्त

प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि सचिव नियुक्त भएका छन्। प्रतिनिधिसभाका लागि पदम पाण्डे र राष्ट्रियसभाका लागि सुरेन्द्र अर्याल संविधानको धारा १०६ बमोजिम सचिव नियुक्त भएका हुन्।

सभामुख देवराज घिमिरेको सिफारिसमा पाण्डे र राष्टियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा अर्याल सचिव नियुक्त भएका हुन्।
पाण्डे नायव महान्यायाधिवक्ता थिए भने अर्याल संसद् सचिवालयका सहसचिव हुन्।

यसअघि प्रतिनिधिसभामा गोपालनाथ योगी र राष्ट्रिय सभाको लागि राजेन्द्र फुयाल सचिव थिए। योगी र फुयालको पाँच बर्षे कार्यकाल पूरा भएपछि नयाँ सचिव नियुक्त भएका हुन्।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १८:४०