सूचनाको शक्ति - The Power Of Information

        

भक्तपुरमा हुनेवाला बेहुली मृत भेटिएपछि…

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी २४ वर्षीया युवती मृत फेला परेकी छिन् । मृत फेला परेकी २४ वर्षीया सुस्मिता खड्काको विवाहको मिति तय भइसकेको प्रहरीले जनाएको छ ।

उनको विवाह २८ वैशाखमा काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँंग तय भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनको शव बिहीबार आफ्नै घरको फलामे भ¥याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको एसपी प्रजित केसीले जानकारी दिए । उनको साथबाट ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १६:३४