सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् ।

धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए ।

उनीहरूलाई आज शपथ गराइएको हो । मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट आठ जना मन्त्री छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १६:२९