सूचनाको शक्ति - The Power Of Information

        

‘गाँजावादी एक हौँ’ भन्दै माइतीघरमा एक हुल निस्किएपछि…

गाँजाको उत्पादन र प्रयोगलाई वैधानिकता दिन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । नेपाल फार्म व्यवसाय संघको आयोजनामा आज मध्याह्न १२ बजेदेखि प्रदर्शन भएको हो ।

संघका अध्यक्ष रिघेन्द्र गिरिको नेतृत्वमा करिव दुई दर्जनको संख्यामा उपस्थिति प्रदर्शनकारीहरुले गाँजा खेतीले बैधानिकता पाउनुपर्ने मागसहित नाराबाजी गरे ।

प्रदर्शनकारीहरुले ’जय देश, जय चरेस’, ’गाँजावादी एक हौ, खेती गरी संमृद्ध बनौँ’, ’घर–घरमा रोजगार, गाँजा नै नेपालको प्रथम व्यापार’, लखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपालमा गाँजा खेतीले वैधानिकता पाउनुपर्ने बहस लामो समयदेखि चल्दै आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १५:१२