सूचनाको शक्ति - The Power Of Information

        

एमाले सचिव टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा अनुमति

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार साँझ बुटवलबाट पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई तीन म्याद दिएको हो । रायमाझीलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

अब उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो ।

जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुवा टोपबहादुर रायमाझीलाई पनि भैरहवाबाट नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १५:०७