एसएसपी बढुवामा नपरेपछि राजीनामा दिएका नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयले बुधबार उनको राजीनामा स्वीकृत गरेको हो । बढुवा समितिले गत शुक्रबार १८ जना एसपीलाई बढुवा सिफारिस गरेको थियो ।
इन्सपेक्टर भर्नामा आफु पहिलो नम्बरमा रहेको तर बढुवामा अन्याय भएको भन्दै उनले गत आइतबार राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै प्रहरीमा एसपीका २२ पद रिक्त भएका छन् । रिक्त पदमा बढुवाको दौडधुप छ । रिक्त २२ पदमा ५० भन्दा धेरै डिएसपीबीच प्रतिस्पर्धा छ ।
वरियता अनुसार राजेश थापा, रामप्रसाद घर्तीमगर, हरिहरनाथ योगी, अपिलराज बोहरा, गौतमकुमार केसी, बसुन्धरा खड्का, रबिन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, गोविन्द पुरी, नवराज कार्की, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण चिमरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिकराम शर्मा, कुमोध ढुंगेल, राजन भुजेल र नरेन्द्र चन्द २२ जनाभित्र पर्दछन् ।
तर, उनीहरुमध्ये केही कारबाहीमा परेकाले बढुवामा छुट्ने सम्भावना छ । गोविन्दराज काफले, प्रदीपकुमार क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादब ढकाल, श्यामबाबु ओलिया, नारायण रंजितकार, निरंजन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, एक नारायण कोइराला, अनन्तराम शर्मा, बिनोद घिमिरे लगायत पनि बढुवाको प्रतिस्पर्धामा छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं