सूचनाको शक्ति - The Power Of Information

        

कसरी सेक्स गर्दा महिलाले भयो भन्छन् ?

यौन चाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौन चाहना हुन्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनै पनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, श्रृंगार रसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।

तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन् । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । मानव यौन सम्पर्कलाई चार वटा चरणमा बाडिएको छ ।

१. उत्तेजनाको चरण – सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था नै उत्तेजनाको चरण हो ।

२. प्लाटो फेज – प्लाटो फेजमा भएको यौन क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ ।

३. चरमसुख – पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं ।

४. रिजोलुसन फेज – चरमसुख पछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ । कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ । शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौन सम्पर्क प्राप्त गर्न गारै हुन्छ ।

यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन । पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन ।

हुन त तपाईंले श्रीमतीसँग सोध्नुभएकै होला तर, औंला हाली देऊ भन्ने कुरा बुझ्न एकपल्ट महिला यौनाङ्गलाई बुझौं । यहाँ यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनमा पनि ध्यान पुर्याउनुपर्छ । तपाईंलाई थाहै होला, महिलाको यौन संवेदनशील अङ्ग भगांकुरु बाहिरतिरै हुन्छ ।

सामान्यतः पुरुष माथि र महिला तल रहेर गरिने यौन सम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन । महिलामाथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ । शीघ्र स्खलन भएपछि लिङ्ग शिथिल भएर यौन सम्पर्क गर्न नसकेको स्थितिमा चरमसुखतर्फ अग्रसर हुने अवसर नै हुँदैन ।

तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । यौन प्रसाधन जस्तो भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो । योनिमा औंला वा अन्य कुनै लिङ्गाकार वस्तु पसाउँदा पनि महिलालाई यौन आनन्द प्राप्त गर्न सजिलो हुन्छ ।

त्यसबाहेक, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्नहुन सकिन्छ भने अन्य अनेक प्रयोग पनि गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्धत पनि मिल्छ ।

शीघ्रस्खलनका लागि

प्रायस् सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै चाँडै बेला वीर्य स्खलन भएको अनुभव गरेका हुन्छ । घर्षण नै गर्न नपाई लिंग योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ ।

कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा राम्रो गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ताले समस्या बढाउँछ । शीघ्र स्खलनको समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् त्यसका बारेमा छोटकरीमा चर्चा गरौं ।

यौन सम्पर्क रोक्ने सुरु गर्ने

यौन सम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने । आशन परिवर्तन गर्ने लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिलामाथि बसेर सक्रिय भै यौन सम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ ।

लिंग अँठ्याउने स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रिडा सुरु गर्ने । कन्डमको प्रयोग गर्ने कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।

मांसपेशीको प्रयोग गर्ने पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । त्यसैगरी हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भए रोकेर यो प्रक्रिया दोहोर्यानउने तेहेर्याउने । वीर्य स्खलनलाई राम्ररोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि यौन सम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने र स्खलन होलाजस्तो भए रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

पछि वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि माथि भनिएजस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरी यौन सम्पर्क गर्ने । अनि वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । यसमा समय र धैर्यता निकै लाग्ने र श्रीमतीको सहयोग पनि महत्वपूर्ण हुने कुरा राम्रोसँग बुझ्नुपर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १४:०६