सूचनाको शक्ति - The Power Of Information

        

सुनमा नयाँ रेकर्ड, मूल्य हालसम्म कै उच्च

सुनको मूल्य हालसम्मको उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिनको भन्दा तोलामा १ हजार २०० रुपैयाँले बढेर बिहीबार प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत सातादेखि घट्न थालेको सुनको मूल्य बुधबार एकै दिन तोलामा १ हजार ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम छ । बुधवार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १३:१०