सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री एवं एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो ।

छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०९:३७