सूचनाको शक्ति - The Power Of Information

        

टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

बुधबार बुटवलटबाट पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराइँदैछ ।

 नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीपलाई आजै अदालतमा पेश गर्न लागिएको हो ।
अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ ।

 नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन खोजेको प्रकरणमा पूर्वगृहसचिवसहित ८ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०८:१०