सूचनाको शक्ति - The Power Of Information

        

निश्चलले सार्वजनिक गरे `दिमाग खराब´को पोस्टर

निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ को रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरीएको छ ।

कार्तिक २४ मा रिलिज तय गर्दै फिल्मको टाइटल पोस्टर सार्वजनिक गरीएको हो । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्दैछन् ।

आकाश बरालको पटकथा रहेको फिल्मको स्क्रिप्ट डाक्टरको रुपमा निर्देशक मनोज पण्डित छ्न् । निर्देशक बस्नेत निर्देशित ‘लुट’ २०६९ र ‘लुट २’ २०७४ सालमा रिलिज भएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०८:०५