सूचनाको शक्ति - The Power Of Information

        

पुस्तक समिक्षा

गृहस्थ जीवनबाट असफल एक पुरुषको कथा

अन्त्यमा, त्यो पुरुष आत्महत्याको योजना बनाएर कथा सकिन्छ ।

श्रीमतीको झगडालु स्वभावले एउटा सुखी, शान्त र समृद्ध परिवार कसरी सकिन्छ भनेर देखाउन खोजेको छ कथाले ।

सासुबुहारीको परिबन्धमा एउटा छोरो छ, बैंकको हिसाव मिलानमा समस्या भएपछि सडकमा आउछ, सुत्केरी श्रीमतीलाई छोडेर विदेश पुग्छ, आमाको मृत्यु हुन्छ, विदेशबाट फर्किँदा श्रीमती भावनात्मक रुपमा अरु कसैसँग नजिक हुन्छ ।

अन्त्यमा, त्यो पुरुष आत्महत्याको योजना बनाएर कथा सकिन्छ । भाषा सरल छ । कथा पारिवारीक छ र सामाजिक छ । पात्रहरु सत्य बोल्छन् । तर तितो पोख्छन् । पुरुषलाई सहि र सत्य देखाउन, आदर्श देखाउन, पुरुषका लागि करुणा उत्पन्न गराउन महिलालाई भब्य प्रयोग गरिएको छ ।

क्रुर, स्वार्थी, मतलवी र अवसरवादी देखाउन खोजिएको छ । समाचारमा आएका घटनाहरु, गाउँघरमा गरिएका कुराहरुका आधारमा कथानक निर्माण भएको छ । तर म भन्छु, यस्तो विषयमा उपन्यास लेख्ने समय अहिले नै भैसकेको छैन ।

कथाले भने जस्तो प्रवृत्ति हाम्रो घर परिवार र समाजमा छ । तर अहिले पनि महिला समाजको मूल प्रवाहमा आउन सकेका छैनन् । उपन्यासका पात्रहरुले बोलेको विषयहरु संरचनाका उपजहरु हुन् भन्ने नबुझी बाँकी कुरा बुझ्न सकिँदैन ।

महिलालाई महिलासँग जुधाएर पुरुष सत्य त हुँदैन । कथा नयाँ छैन । हाम्रा बहसमा उठ्ने गरेका तमाम विषयहरु नै छन् । भाषा निक्कै सरल छ । उपन्यासको भाषामा अहिले व्यापक प्रयोग भैरहेका छन् । मजवुत र मुलायम भाषा हुँदा झन मिठो लाग्दो हो ।

अहिले कल्पना खरेल उपन्यास लेखिरहनु भएको छ । अध्ययन गरिरहनु भएको छ । तपाईको लेखन अध्ययन अझै बलियो बन्दै जाओस् । शुभकामना ।।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०७:५२