सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सचेतना

मेवा खानुका १२ फाइदा, ८ बेफाइदा

मेवाको बिउ खाँदा यी खतरनाक रोगहरुबाट छुटकारा पाइन्छ ।

मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ ।

मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ ।

१. मेवाको स्वास्थ्यवर्धक गुण

गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ । यो एउटा यस्तो फल हो जसमा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छन् । यसका साथै स्वास्थ्यका लागि हितकारी पनि मानिन्छ । मेवाका केही उत्कृष्ट स्वास्थ्य लाभका सूची यहाँ दिइएका छन् ।

२. तौल घटाउन सहयोगी

गुलियो भएता पनि क्यालोरीमा कम मेवालाई तौल कम गर्न चाहना राख्नेहरुले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसका साथै मेवामा पाइने फाइबरले तपाईंको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।

३. आँखाको लागि फाइदाजनक

मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।

४. कोलेस्ट्रोल कम गर्दछ

मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोसिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।

५. महिनावारीको पीडाबाट छुटकारा

मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यसकारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ ।

६. प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ

तपाईंको प्रतिरोधी क्षमता विभिन्न संक्रमणविरुद्ध ढालको रुपमा काम गर्ने गर्दछ । एउटा मेवामा मात्र यति भिटामिन हुन्छ जुन तपाईंको प्रतिदिनको भिटामिन सीको आवश्यकताको लगभग २ सय प्रतिशत हुने गर्दछ । यसरी यसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ ।

७. मधुमेह रोगीका लागि फाइदाजनक

स्वादमा गुलियो भएता पनि यसमा सुगर नाममात्रको हुने गर्दछ त्यसकारण मेवा मधुमेह रोगीका लागि राम्रो आहारको रुपमा एक उत्कृष्ट विकल्प हो । यसका साथै, जो मधुमेह रोगी छैनन्, यसको सेवनले मधुमेहको खतरा टाल्न सक्छ ।

८. क्यान्सरलाई रोक्न प्रभावकारी

केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस् ।

९. तनाव कम गर्छ

यो उत्कृष्ट फलमा तनाव कम गर्ने ताकत पनि हुन्छ । युनिभर्सिटी अफ अल्बामामा भएको एक अध्ययनका अनुसार लगभग २ सय मिलिग्राम भिटामिन सी स्ट्रेस हर्मोनलाई संचालित गर्नमा सक्षम हुन्छ र मेवामा भिटामिन सी प्रचुर मात्रामा पाइने गर्दछ ।

१०. पाचन क्रियालाई बलियो बनाउँछ

मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ । यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ । जसलाई पेटसम्बन्धि समस्या छ जस्तै कब्जियत छ भने उनीहरुले मेवाको सेवन नियमित रुपमा गर्नुपर्छ ।

११. बुढ्यौली रोक्छ

हामी सबैजना सधैं जवान रहन चाहन्छौं, तर कोही पनि यसमा सफल भने हुन सक्दैनौं । तरपनि, स्वास्थ्यबद्र्धक बानी र मेवालाई आफ्नो आहारमा समावेश गरेर तपाईंले आफ्नो उमेरलाई कम गर्न सक्नुहुन्छ । मेवामा भिटामिन सी, भिटामिन इ र बीटा क्यारोटिन, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले शरिरको पोषणको आवश्यकता पूरा गरेर तपाईंलाई वर्षौंसम्म जवान बनाइराख्छ ।

१२. जोर्नी दुखाईबाट बचाउ

जोर्नी दुखाइले शरिरलाई दुर्बल बनाउनुका साथै तपाईंको जीवनशैलीलाई पनि नराम्रोसँग प्रभावित गर्ने गर्दछ । यसमा भिटामिन सीका साथै एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले मेवा खानु तपाईंको हड्डीका लागि प्रभावकारी मानिन्छ । एक अध्ययन अनुसार भिटामिन सीयुक्त खानेकुराको सेवन नगर्नेहरुमा जोर्नी दुखाईको खतरा भिटामिन सीको सेवन गर्नेहरुभन्दा लगभग तीन गुणा बढि हुन्छ ।

मेवा खानुका बेफाइदा

म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् ।

१. गर्भवती महिलाका लागि

गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ ।

२. स्तनपान गराउने महिला

गर्भावस्थामा मात्र नभई बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ । मेवामा हुने पापेन नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैगरी, बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउनु हुँदैन ।

३. एलर्जी

क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।

४. ब्लड प्रेसर

मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवा भुलेर पनि गर्नुहुँदैन । साथै, प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन ।

५. मृगौलामा पथ्थरी

अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पथ्थरी गराउँछ । मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पथ्थरीको समस्या निम्त्याउँन सक्छ ।

६. झाडापखालामा

पेटमा समस्या भएको समयमा वा झाडापखाला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।

७. मुटु रोग

मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवनबाट टाढा रहनुपर्छ ।

८. घाँटीको समस्या

एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।

मेवाको बिउ खाँदा यी खतरनाक रोगहरुबाट छुटकारा

मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवाभित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । आज तपाईंहरुलाई मेवाको बिउ सेवन गर्नाले हुनसक्ने फाइदाहरुका बारेमा जानकारी गराउँदैछौं ।

१. कलेजो सम्बन्धी रोगमा

मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५–६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिस्नुहोस् ।

अव यो धुलोलाई कागतीको रससहितको एक ग्लास पानी वा जुसमा मिसाएर दैनिक एक महिनासम्म सेवन गर्नुहोस् । सिरोसिस रोग आफैं निको भएर जान्छ । मेवाको बिउ सेवन गर्नाले कलेजो बलियो हुनुका साथै कलेजोमा कुनै पनि प्रकारको संक्रमण हुन पाउँदैन ।

२. किटाणु नासक

मेवाको बिउ सेवन गर्नाले शरीरमा संक्रमण हुन पाउँदैन र यसले फुड प्वाइजनिङ जस्तो समस्यालाई सहजै नाकाम बनाउँछ । यसको सेवन गर्नाले ज्वरो समेत लाग्न पाउँदैन ।

३. क्यान्सर

मेवाको बिउ सेवन गर्नाले शरीरमा क्यान्सरको कोशिका र ट्यूमर बिकसित हुन पाउँदैन । मेवाको बिउमा प्राप्त गुणले कोलन, स्तन, फोक्सो, ल्युकेमिया र प्रोस्टेट क्यान्सर रोगहरुको बिरुद्धमा काम गर्छ ।

४. फर्टिलिटी (प्रजनन्)

मेवाको बिउ सेवन गर्दा शरीरमा कुनै असर नपुर्याई सुक्रकिट उत्पादन नियमित हुन्छ । आयुर्वेद तथा घरेलु उपचार सम्बन्धी जानकारी भएका महिलाहरु प्रिगनेन्सी रक्षाका लागि मेवाको बिउ सेवन गर्छन् । मेवाको बिउ सेवन गर्नाले पुरुषको सुक्रकिट उत्पादन क्षमता नियमित हुने र महिलाको प्रिगनेन्सी रक्षामा लाभदायक हुने तथ्यसमेत अनुसन्धानले देखाइसकेको छ ।

५. शरीर सुनिएको निको हुन्छ

आर्थराइटीस, जोर्नी सम्बन्धी रोगहरु, शरीर सुनिएको, शरीर दर्द तथा छालामा हुने रातोपना जस्ता समस्याहरु मेवाको बिउ सेवन गर्नाले सञ्चो हुन्छ ।

६. किड्नी सम्बन्धी समस्याहरु

पाकिस्तानको कराँची विश्वविद्यालमा गरिएको एक अनुसन्धान अनुसार मेवाको बिउ प्रयोग गर्नाले किड्नीजन्य रोगहरु सहजै निको भएको देखियो । पाकिस्तान लगायतका एसियाका कतिपय ठाउँमा पाकेको मेवालाई उत्तम फलको रुपमा प्रयोग गरिन्छ । अनि मेवाको बिउलाई पनि उत्तिकै पौष्टिक आहारको रुपमा प्रयोग गरिन्छ ।

मेवाले यी रोग पनि निको पार्छ ?

मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो । अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ । यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ ।

१. दाद आएमा

काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।

२. जिब्रो फुटेमा

काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहानरवेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।

३. अल्काई भएमा

काँचो मेवा ताछेर नियमित दिनमा ४र५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ ।

४. डण्डीफोर र चाँया भएमा

काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।

५. घाँटीभित्रबाट सुनिएमा

काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २–३ दिनमा ठिक हुन्छ ।

६. कोलस्टेरोलमा

अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

७. चाउरीमा

मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।

८.पेटको समस्यामा

मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

९. कन्स्टिपेसनमा

मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।

१०. मलद्वारसम्बन्धी समस्यामा

मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

११. बिहानीको वाकवाकीमा

खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।

१२. हाडजोर्नी

जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।

१३. स्याम्पुको रुपमा

मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।

१४. डेंगु

मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्नेछ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०७:३४