सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आज दिनभर बदली र वर्षा हुने, भोलिबाट खुल्नेछ मौसम

कर्णाली प्रदेशका एक–दुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंका केही ठाउँमा बिहानैबाट वर्षा सुरु भएको छ । ‘काठमाडौंका केही स्थानमा बिहानैबाट वर्षा सुरु भएको छ । आज दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । दिनभर वर्षा नभए पनि पानी पर्ने र रोकिनेक्रम चलिरहनेछ,’ मौसमविद् रोजन लामिछाने भन्छन् ।

अपराह्नपछि भने मौसम खुल्ने उनको भनाइ छ । विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०६:२५