सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार ९ अङ्कले घट्याे

शेयर बजार आज बुधवार पनि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज नाै दशमलव ४१ अङ्कले घटेर एक हजार आठ सय ५७ विन्दुमा झरेको छ ।

उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि दिनदिनै कमी आउन थालेको छ ।

आज दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज साञ्जेन जदविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रो, पिपुल्स पावर र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरेले ओरालो लागेको छ ।

समग्रमा बजार घटेको दिन आज आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र श्वेतगङ्गा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १८:१७