सूचनाको शक्ति - The Power Of Information

        

सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणको पक्राउ परेका सचिव टेकनारायण पाण्डेमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो ।

उनमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो । तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको संलग्नता खुलेपछि प्रहरीले गृह मन्त्रालकाय तत्कालीन पदाधिकारीमाथि अनुसन्धान थालेको हो ।

यसै सिलसिलामा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरिसकेको छ भने बादलका छोरा प्रतीक थापा, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध वारेन्ट जारी गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:५१