सूचनाको शक्ति - The Power Of Information

        

पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पूर्जी जारी

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापामाथि पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

यसअघि प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा निरजलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो । साथै, आजै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ ।

मंगलबार मात्रै प्रहरीले बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका थिए । यही प्रकरणमा प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १५:१३