सूचनाको शक्ति - The Power Of Information

        

शरणार्थी ठगीमा संलग्न भएको आरोपमा सचिव पाण्डे पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो ।

आफुमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोत बताउँछ । गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो । पाण्डेले समेत पैसा लिएको खुलेको छ ।

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब ९०० जनालाई ठगी गरेको थियो । जसमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १४:०५