सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सचेनता

भान्सामा १० महत्वपूर्ण औषधि, ‘स्वाद पनि, सौन्दर्य पनि’

स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ ।

हामीले खाएको खानेकुराको असर स्वास्थ्य र छालामा देखिन्छ । स्वस्थ र सुन्दर रहन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यो काम धेरै सजिलो छ किनकि स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ ।

करेला

तिलो करेला तपाईंलाई मन पर्दैन होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौन्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ । करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिटर्स आदि स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।

स्वास्थ्यमा फाइदा

मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ । करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ । करेलाको हरियो पताको रसलाई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कनसक्छ ।

सौन्दर्यमा फाइदा

करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन । भिटामिन ए ले भरपूर करेला एक राम्रो एन्टीअक्सिडेन्ट भएको चिज हो जसले छालालाई स्वस्थ बनाउ मद्दत गर्छ । करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवनले छाला जवान र चम्किलो देखिन्छ । पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।

परवल

परवल थोरै मानिसलाई मन पर्नसक्छ । तर यसले धेरै रोगको औषधिको काम गर्छ । परवल खानाले कफ, खोकी, कुष्ठरोग, ज्वरोजस्ता समस्याबाट मुक्ति मिल्छ ।

स्वास्थ्यमा फाइदा

बिहान बेलुका परवलको झोल पिउनाले ज्वरो आउँदा आराम मिल्छ । सुख्खा कफको कारणले सास फेर्न समस्या हुन्छ । यस्तो बेला हरेक दिन बिहान परवलको काढामा मह मिलाएर पिउनाले कफ सजिलै बाहिर निस्कन्छ ।

शरीर पोलेको कम गर्न परवलको पात र धनियाँको काढा बनाउने र यसलाई बिहान पिउने । साथै परवलको रसले शरीर मालिस गर्ने । यसले शरीर पोलेको चाँडै हराउँछ । बिहान बेलुका परवलको क्वाथ पिउनाले जन्डिस र अन्य पेटसम्बन्धि रोगका लागि लाभदायक मानिन्छ ।

सौन्दर्यमा फाइदा

करेलाजस्तै परवलले पनि रगत शुद्धिको काम गर्छ । यसले छालासम्बन्धि समस्या हुँदैन । परवलको नियमित सेवनले स्किन एलर्जीबाट छुटकारा मिल्छ । दाग भएको ठाउँमा परवलको पातको रस लगाउनले ठीक हुन्छ ।

मूला

मूला धेरै रोगबाट छुटकारा दिने तरकारी हो । यसले शौन्दर्य सम्बन्धी समस्याबाट पनि मुक्ति दिलाउन मद्दत गर्छ ।

स्वास्थ्यमा फाइदा

मूलामा लौह तत्वको मात्रा धेरै हुनाले यसको सेवनले रगत शुद्ध हुन्छ । मुलामा क्षारयुक्त पदार्थ हुनाले यसले बोसो कम गर्छ र मोटोपनमा कमी ल्याउँछ । १०० ग्राम मूलाको बिऊको दाना पिसेर २ देखि ३ ग्राम, १०० ग्राम घिउ वा दूधसँग बिहान बेलुका खानाले यौन दुर्वलता सम्बन्धी समस्या हट्दै जान्छ ।

मूलाको रसमा कागतिको रस मिलाएर पिउनाले पेट दुःख्ने वा ग्याँस्ट्रिक समस्यामा राहत मिल्छ । मूलाको चार चम्चा रसमा तोरीको तेल मिसाएर पकाउने । यो पानी सबै सुकेपछि निकालेर छान्ने र एउटा सफा बोतलमा राख्ने । कान दुःखेको बेला २–२ थोपा राख्नाले आराम मिल्छ ।

सौन्दर्यमा फाइदा

मूलाको सब्जी खानाले वा यसको रस पिउनाले रगत सफा हुन्छ । एक महिना लगातार मूला खानाले अनुहारको दाग र धब्वा कम हुन्छ । काटेको मुलाले पोतोको दागमा रगड्नाले दाग कम हुन्छ । मूलाको रसमा तिलको तेल मिलाएर कपाल मसाज गर्नाले झर्न कम हुन्छ । यसका साथै जुम्राको समस्याबाट पनि मुक्ति मिल्छ ।

मेथी

खासगरी, महिलाका लागि मेथी धेरै गुणकारी हुन्छ । मेथीको सेवनले महिलालाई गर्भवतीको समय एवं महिनावारीपछि कमजोर महसुस हुन दिँदैन । यसका साथै बच्चालाई दूध खुवाउने आमालाई मेथीको साग फाइदाजनक मानिन्छ ।

स्वास्थ्यमा फाइदा

मेथीको सागको १०० ग्राम रसमा २ ग्राम क्वाथ र ५ ग्राम चिनी मिलाएर पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या कम हुन्छ । मेथीको सुक्खा पातसँग मह मिलाएर उमालेको पानी दिनमा दुईपटक पिउनाले पेट पोल्दा आराम मिल्छ । मेथीको रसले वाथनासक औषधिको काम गर्छ ।

सौन्दर्यमा फाइदा

मेथीको सेवनले पेट सफा रहन्छ । यसले छाला स्वस्थ र सफा देखिन्छ । मेथीको सेवनले अनुहारमा दाग, फूस्रो हुने, फूट्ने संभावना कम हुन्छ । मेथीको पात वा मेथीको गेडा पिसेर कपाल धुनाले कपाल चम्किलो र बलियो हुन्छ ।

अदुवा

अदुवाको सेवनले कफ र वायु सम्बन्धी रोग हुँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्ति बलियो बनाउँछ ।

स्वास्थ्यमा फाइदा

अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ । अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ । अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ ।

अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ । बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ । अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।

सौन्दर्यमा फाइदा

अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ । सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्षण र सफा देखिन्छ । अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ ।

लसुन

लसुन एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो । यो एन्टिब्याक्टेरिएल र एन्टीसेप्टिक भएकाले लसुनको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । सँधै थोरै मात्रामा लसुनको सेवनले व्यक्ति जीवनभर निरोगी रहन मद्धत गर्छ । त्यसैले आयुर्वेदमा लसुनलाई महाऔषधि भनिन्छ ।

स्वास्थ्यमा फाइदा

लसुनको पोटी तेलमा पकाएर छान्ने र दुई थोपा कानमा राख्ने । यसले कान दुःखेको कम हुन्छ । हिस्टिरियाको बेहोसी कम गर्न लसुन पिसेर रोगीलाई सुघाउने । यसले फाइदा गर्छ । चार ग्राम पिसेको लुनसमा ८ मिलि घिउ तथा नून मिलाएर बिहानको समयमा खानाले औलो ज्वरो हराउँछ । लसुन, गेडा नभएको रातो खुर्सानी, काँचो हिंग र कपुरको समान मात्रा मिलाएर धूलो बनाउने ।

सौन्दर्यमा फाइदा

एन्टीअक्सीडेन्ट लसुन खानाले छाला राम्रो देखिन्छ । नियमित लसुनको सेवन गर्नाले तपाईंको मात्र होइन तपाईंको छालाको उमेर पनि लामो हुन्छ र छाला जवान देखिन्छ ।

टमाटर

टमारमा निहित गुणले हामीलाई धेरै रोगबाट रक्षा गर्छ । त्यसैले टमाटरलाई आफ्नो दैनिक खानामा सामेल गर्न जरुरी हुन्छ ।

स्वास्थ्यमा फाइदा

महिलाहरुको अनेकौं रोगका लागि टमाटर राम्रो फाइदाकारी हुन्छ । गर्भवती अवस्थामा तथा सुत्केरी पछि शारीरिक शक्ति बढाउन हरेक दिन चार पटक २० ग्राम टमाटरको रस पिएमा सबै समस्या टाढा हुन्छ । २०० ग्राम टमाटरको रस बिहान बेलुका पिउनाले मधुमेहमा आराम मिल्छ । शरीरमा रगतको कमी पूरा गर्न नियमित १०० ग्राम टमाटरको रस वा टमाटरको सलाद खानुपर्छ ।

सौन्दर्य फाइदा

भिटामिन ए र भिटामिन सी ले भरिपूर्ण टमाटरको सेवन गर्नाले अनुहारमा डण्डिफोर आउँदैन र छाला स्वस्थ बनिरहन्छ । टमाटरको नियमति सेवनले छालामा चम्किलोपन आउँछ । अनुहारमा टमाटर काटेर लगाउनाले छालामा निखार आउनुको साथै ब्ल्याक एण्ड ह्वाइट हेड्सको समस्या पनि हराउँछ । अनुहारमा टमाटर लगाउनाले खुला रोम छिद्र बन्द हुन्छन् ।

अंगुर

अंगुरको सेवनले शरीरमा उर्जा मिल्नुका साथै यसमा पाइने खनिज तत्वले स्वास्थ्य र सुन्दरता कायम गर्न निकै मद्दत गरिरहेको हुन्छ ।

स्वास्थ्यमा फाइदा

बच्चालाई स्तनपान गराउने महिलाले सँधै बिहान बेलुका १०० ग्राम अंगुर खाएमा दूधमा बृद्धि हुन्छ । कब्जियतको कारण टाउको दुख्ने, चक्कर आउने आदि समस्या उत्पन्न हुन्छ । यसबाट मुक्ति पाउन नियमित रुपमा सँधै २५ ग्राम अंगुरको रस पिउनुपर्दछ । २५ ग्राम अंगुर खाने र त्यसपछि आधा लिटर दूध पिउनाले कमजोरी हराउँछ । ५० ग्राम कालो अंगुरलाई रातभरि चिसो पानीमा भिजाइराख्ने र बिहान छान्ने ।

सौन्दर्य फाइदा

नेचुरल स्कीन गार्ड अंगुरले सन ड्यामेजबाट छालाको रक्षा गर्दछ । एन्टी एजिग अंगुरको सेबनले छालाको एजिग प्रोसेस (बढ्दो उमेरको संकेत) कम हुन्छ जसले लामो समय सम्म छाला जवान देखिन्छ । भिटामिन सी ले भरपुर अंगुर खानाले छाला, कपाल र आखाँ पनि सुन्दर देखिन्छ ।

कागती

कागती खानाले रगत र छाला सम्बन्धी रोग टाढा हुन्छ । कागतीको सेवन स्वास्थ्य, छाला, र कपाल तीन चिजको लागि नै फाइदाजनक हुन्छ ।

स्वास्थ्यमा फाइदा

गर्मीको कारण बेचैनी टाढा गर्न कागतीको रस चिसो पानीमा मिलाएर पिउनुपर्दछ । कागतीको चानामा चिनी लगाएर चुस्नाले उल्टी बन्द हुन्छ । हैजा भएको बेला कागती र प्याजको रस चिसो पानीमा मिलाएर पिउनाले आराम मिल्दछ । रुघा लागेका बेला राति तातो पानीमा कागतीको रस निचोरेर पिउनाले आराम मिल्दछ । दुई चम्चा कागतीको रस, र एक चम्चा अदुवाको रसमा थोरै चिनी मिलाएर पिउनाले पेट दुखेको ठिक हुन्छ ।

सौन्दर्य फाइदा

कागतीको सेवनले भिटामिन सी को पूर्ति हुन्छ र यसले छाला स्वस्थ बनिरहन्छ । अनुहारमा कागतीको रस लगाउनाले दाग हल्का हुन्छ । कागतीको रस कपाल र अनुहारमा लगाउनाले दुवैमा साइनिङ आउँदछ । कपालमा कागतीको रस लगाउनाले चाँयाबाट मुक्ति मिल्दछ ।

अमला

अमला भिटामिन सी को स्रोत हो । अमलाले छालालाई स्वस्थ्य बनाउनुको साथै हड्डी पनि मजबुत बनाउँदछ । अमला खानाले भोक बढ्दछ र रगत सफा हुन्छ ।

स्वास्थ्यमा फाइदा

अमलाको चूर्ण नियमित गाइको दूध सँग खानाले आँखाको दृश्य शक्ति बढ्दछ । अमलाको धूलोको लेप टाउकामा लगाउनाले टाउको दुखेको बेला आराम मिल्दछ । नियमित रुपले अमलाको मुरब्बा खानाले स्मरणशक्ति बढ्दछ । चोट लागेर रगत बगेको ठाउँमा ताजा अमलाको रस लगाएमा रगत बग्न बन्द हुन्छ । अमलाको रसमा चन्दनको धूलो मिलाएर महको साथ चाट्नाले उल्टी बन्द हुन्छ ।

सौन्दर्य फाइदा

अमला छालाको लागि मात्र हैन कपालको लागिपनि फायदाजनक हुन्छ । अमला खानाले छाला चम्किलो हुनुको साथै कपाल बाक्लो, लामो र बलियो हुन्छ । अनुहारमा अमला पाउडर लगाउनाले छाला सफा हुन्छ र चमक आउँदछ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १२:४८