सूचनाको शक्ति - The Power Of Information

        

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी

हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ । हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानैदेखि खोजी सुरु भएको हो ।

दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् । यार्सा टिप्न गएका उनीहरुमध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरा लगायत रहेका छन् ।

हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले हिजोदेखि नै उद्धार सुरु गरेको थियो, तर ११ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएन ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज बिहानबाट पुन खोजी सुरु गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ०९:०२