सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चने प्रक्षेपण

राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ ।

विभागले चालू आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको हाे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भएपनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सिमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको छ

गत आर्थिक वर्ष २०७८/०७९मा ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ ।

तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्ष २०७९/०८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको बताउनुभयो ।

उहाँले चालू आर्थिक वर्ष २०७९/०८० को आर्थिक वृद्धिको अनुमान एशियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम रहेको पनि बताउनुभयो। उहाँले तथ्यांक बनाउँदा चालू आर्थिक वर्षको ३ महिना मुलुकको अर्थतन्त्र सामान्य रुपमा चल्ने र अर्थतन्त्रमा कुनै अफ्ठ्यारो नबनाउने किसिमले तयार बनाएको बताउनुभयो ।

उहाँले चालू आर्थिक वर्षमा जीडीपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान रहेको बताउनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जिडिपी वृद्धि हुने अनमान गरिएको भएपनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको बताउनुभयो।

कृषि क्षेत्रको कुल ग्राहस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरेको छ । अन्य वर्षहरुको भन्दा यो वर्ष गैरकृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ ।

उहाँले आर्थिक वृद्धिदर कम हुनुमा प्रमुख ३ क्षेत्र कृषि,निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम भएको कारण आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत, निर्माण क्षेत्रको ०.६ प्रतिशत र सेवा क्षेत्रको २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।

चालू आर्थिक वर्षमा सेवा क्षेत्रले जीडीपीमा ६२.४ प्रतिशत, कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ । चालू आर्थिक वर्षमा चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार २०:२८