सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेका चालककाे उपचारका क्रममा ज्यान गयाे

घरकाे छतबाट खसेर घाइते हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर (शम्भु) थापाकाे उपचारका क्रममा ज्यान गएकाे छ ।

ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाकाे आज मङ्गलवार दिउँसाे ज्यान गएकाे अस्पतालले जनाएकाे छ । छतबाट खस्दा उहाँकाे टाउकाेमा गहिराे चाेट लागेकाे थियाे । थापा सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुनुहुन्छ ।

गएकाे वैशाख ४ गते बिहान ४ बजे चितवनकाे भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको घरको छतबाट खसेर चालक थापा घाइते हुनुभएकाे थियाे । त्यसपछि भरतपुरमा सामान्य उपचार गरेपछि थप उपचारका लागि उहाँलाई ललितपुर ल्याइएको थियो । थापा घरकाे छतबाट खसेकाेबारे अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार २०:२२