सूचनाको शक्ति - The Power Of Information

        

हिम पहिरोमा परि बझाङमा एक महिला बेपत्ता

बझाङको सुर्मा गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा परि वेपत्ता भएकी छन् ।

सुर्मा गाउँपालिका -१ देवडि घर भएकी ३३ बर्षिया झल्लादेवी बाेहरा बेपत्ता भएकी हुन् । केही दिन अगाडि छाेेरा सहित सुर्मा गाउँपालिकाकाे पार्थी हिमालकाे वनमा यार्सागुम्बा संकलन गर्न गएकी बाेहरा हिउँ पहिरोमा परि बेपत्ता भएकी छन् ।

गएराति हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको स्थानीय दिपेन्द्र बाेहराले जानकारी दिए। यता प्रहरीले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश अवस्थीले घटनाका बारेमा जानकारी लिने प्रयास भइरहेकाले अहिले नै घटनाको पुष्टि गर्न नसकिने जानकारी दिए।

सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीबाट प्रहरी परिचालित गरिएको समेत प्रहरीले बताएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार २०:१९