सूचनाको शक्ति - The Power Of Information

        

शनिबारको रात महिलाहरु सबैभन्दा बढी सेक्सी

बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी सेक्सी हुनेगरेको रहस्य बाहिर ल्याएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययन अनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैनन् । त्यो दिन भनेको शनिवारको रात हो ।

अध्ययनका अनुसार महिला आफूलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा तथा पुश अप ब्रा लगाउन मन पराउँछन् । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।

दुई हजार महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउन प्रयोग गर्छन् जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउने गरेको पनि सर्भेका क्रममा भेटिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०९:००