सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ ।

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।

डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०७:५९