सूचनाको शक्ति - The Power Of Information

        

ए डिभिजन लिगको दोस्रो लेग आजदेखि, दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग २०७९-८० को दोस्रो लेगका खेलहरु आजदेखि सुरु हुँदैछ ।

१४ क्लब सहभागी लिग यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा भइरहेको छ । गत १९ फागुनदेखि सुरु भएको लिगको पहिलो लेगका खेलहरु आइतबार सकिएका थिए ।

आज मंगलबार दोस्रो लेगको सुरु खेल हुँदैछ ।

पहिलो लेगमा अंकतालिकामा प्राप्त स्थानका आधारमा दोस्रो लेगको खेल तालिका एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

जसअनुसार आज शीर्ष स्थानको जावलाखेल युथ क्लबले अन्तिम स्थानमा रहेको नेपाल पुलिस क्लबलसँग खेल्नेछ । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

यस सिजन सानदार प्रदर्शन गरेको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ । जावलाखेलले ७ खेल जित्दा ३ खेल बराबरी खेलेको थियो भने ३ खेलमा पराजित भएको थियो ।

यस्तै १३ खेलमा पुलिसले भने ३ खेल जित्दै जम्मा १२ अंक जोडेको छ ।

यस्तै दोस्रो स्थानको थ्री स्टार क्लब र १३औं स्थानको एफसी खुमलटारबीच दिउँसो ३ बजे नै च्यासल रंगशालमा खेल सुरु हुनेछ ।

१३ खेलमा ६ जितसहित थ्रीस्टारले २२ अंक जोडेको छ । १३ खेलमा ४ खेल जितेको खुमलटारको १३ अंक छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०७:५१