पछिल्लो समय नेपालमा क्युआर कोडमार्फत कारोबार गर्नेको संख्या बढ्दो क्रममा छ ।
राष्ट्र बैंकले विद्युतीय भुक्तानी तथा क्युआर कोडमार्फत हुने कारोबारलाई प्रवर्द्धन गर्नै नीति लिँदा यस्तो कारोबार बढेको हो ।
उपभोक्ताले हरेक किसिमका वस्तु तथा सेवा खरिद गर्दा क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था हुँदा यसको प्रयोगमा पनि व्यापकता आएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनमा भुक्तानीका लागि ६७ लाख ५० हजार ५८२ पटक क्युआर कोडको प्रयोग भएको छ ।
माघमा यो संख्या ५७ लाख ८२ हजार २ सय ६५ थियो । माघको तुलनामा फागुनमा १६.७४ प्रतिशत बढी क्युआर कोडको प्रयोग भएको छ । हरेक महिनामा क्युआर कोडको प्रयोग गरी भुक्तानी गर्ने क्रम बढ्दो क्रममा रहेको देखिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ