एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल अहिले पानी परेर रोकिएको छ । उपाधिका लागि कीर्तिपुर मैदानमा भइरहेकाे नेपाल र यूएईबीचको खेल वर्षाका कारण प्रभावित भएको हाे । त्यसअघि पनि केहीबेर पानी परेर रोकिएको खेल पुनः सुरु भएको थियो ।
नेपाल र यूएईबीचकाे फाइनल खेल हेर्न हजाराैँ दर्शक कीर्तिपुर मैदानमा पुगेका छन् । पानी परिरहे पनि खेल सुरु हुने आशमा रहेका दर्शकहरु छाता ओढेरै प्रतिक्षारत छन् ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको छ । अहिले मैदानमा कभरले छोपिएको छ ।










सबै तस्बिर : क्यान
सत्यपाटी संवाददाता । काठमाडौँ