सूचनाको शक्ति - The Power Of Information

        

अनारको जुसले बढाउँछ यौन क्षमता

दिनहुँ मात्रामा अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनइच्छा बढ्ने पछिल्लो अध्ययनले देखाएको छ । अनारको जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुवैमा वृद्धि गर्ने अध्ययनकर्ताहरुले बताएका छन् ।

बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका शोधकर्ताले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन् । २१ देखि ६४ वर्ष उमेर समूहका ५८ जना व्यक्तिमा उनीहरुले अध्ययन गरेका थिए । अध्ययनमा समावेस गराइएका ती मानिसहरुलाई १५ दिनसम्म लगातार हरेक दिन १ गिलास अनारको जुस पिउन दिइयो । १५ दिनपछि उनीहरुमा टेष्टेस्टेरोनको मात्रा १६ देखि ३० प्रतिशतसम्म बढेको थियो ।

साथै अनारको नियमित सेवनले सकारात्मक संवेगको मात्रा बढेको र नकारात्मक संवेग घटेको समेत पुष्टि भयो । अनारको जुसले पुरुषमा दाह्री जुँगा आकर्षक बनाउने, बोली गहिरो र मधुर बनाउने तथा यौन चाहना बढाउने काम गर्यो भने महिलामा पनि यौन चाहना बढाउने मात्र नभई मांशपेशी र हड्डी मजबुत बनाउने प्रमाणित भयो । अनारको जुसले तनाव कम गर्न तथा बढि डराउने समस्या पनि कम सहयोग गर्ने तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

यसअघिका अध्ययनले अनारमा एन्टीअक्सिडेन्ट तत्व पाइने र त्यसले मुटुजन्य रोगको खतरा कम गर्न तथा रक्तसंचारलाई स्वस्थ बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएको थियो । अनारको जुसको नियमित सेवनले क्यान्सरका साथै बाथ, पेटको रोग र आँखाको रोगको खतरा पनि कम गर्ने शोधकर्ताहरुको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १५:५१