बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका–३ सैनगाँउका ३६ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो । पानी परेकाले घटनाको थप विवरण नआएको र घटनास्थलतर्फ प्रहरी टोली गएको समेत अवस्थीले बताए ।
सत्यपाटी संवाददाता । बझाङ