सूचनाको शक्ति - The Power Of Information

        

काँक्रोसँग कहिल्यै नखानुहोस् यी तीन चिज

गर्मीयाम आएको छ, यो मौसममा मानिसले काँक्रो धेरै खाने गर्छन् । वास्तवमा, पानीले भरिपूर्ण काँक्रो स्वास्थ्यको दृष्टिले धेरै हिसाबले फाइदाजनक हुन्छ । यसले मांसपेशी र स्नायुहरूमा ऊर्जा मात्र ल्याउँदैन, शरीरमा इलेक्ट्रोलाइटको कमीलाई पनि हटाउँछ ।

यसका अलावा काँक्रो खानु स्वास्थ्यको हिसाबले धेरै हिसाबले फाइदाजनक हुन्छ । तर, आज हामी काँक्रो खानुका केही बेफाइदाहरूका बारेमा बताउँनेछौं । वास्तवमा, काँक्रोसँग केहि चीजहरू सेवन गर्नु स्वास्थ्यको हिसाबले राम्रो मानिदैंन ।

काँक्रोसंग के खानुहुँदैन ?

काँक्रो र टमाटर – काँक्रो र टमाटर दुवैलाई सलादमा सँगै खाने गरिन्छ । तर, यो स्वास्थ्यको हिसाबले सही संयोजन होइन । वास्तवमा, यी दुईको पाचन विधि पूर्णतया फरक हुने गर्दछ । त्यसैले तिनीहरूलाई सँगै खानु हुँदैन । वास्तवमा, जब तपाइँ यी दुई खानुहुन्छ । यसले शरीरमा एसिडिक पिएच लाई असंतुलन गर्दछ । जसले फुल्ने वा दुख्ने हुन सक्छ ।

काँक्रो र मूला – मानिसहरु प्रायः सलादमा काँक्रो र मूला दुवै मिसाएर खाने गर्छन् । जबकि, दुवैले एकअर्कासँग प्रतिक्रिया गर्न सक्छन् । काँक्रोमा एस्कर्बेट हुन्छ, जसले भिटामिन सी अवशोषित गर्ने काम गर्छ । यस्तो अवस्थामा यसको साथमा मूला खाँदा यो प्रक्रियामा बाधा उत्पन्न हुन्छ । जसका कारण स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या आउन सक्छ ।

काँक्रो र दूध वा दूधबाट बनेका खानेकुरा – काँक्रो र दूधबाट बनेको चीज एकसाथ खानु स्वास्थ्यका लागि फाइदाजनक हँदैन । पहिलो, यी दुबैले तपाईंको मेटाबोलिज्मलाई सुस्त बनाउँछ । यी चीजहरूमा दूध र चिया पनि समावेश गर्न सक्नुहुन्छ । दोस्रो, तिनीहरूका कारण अपच हुने पेट फूल्ने, दुखाइ हुन सक्छ । तसर्थ, यी सबै कारणहरूका लागि, तपाईंले काँक्रोको साथमा यी चीजहरूको सेवन नगर्नुहोस् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १४:१०