सूचनाको शक्ति - The Power Of Information

        

दुई सातादेखि बेपत्ता आमाछोरा अझै फेला परेनन्

दुई सातादेखि बेपत्ता भएका आमाछोरा अझै फेला परेका छैनन् । दुई सातादेखि बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन् ।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहानदेखि बेपत्ता भएको श्रीमती र छोराको खोजी गर्दा पनि फेला नपरेको बताए । श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरेपछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए ।

भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भएपछि नेपाल आएका थिए । आफन्त लगायत सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजी गरिदिन उनले अपिल गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १४:०६